काठमाडौं । आज १ बजेको प्रतिनिधिसभाको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महरा सहभागि हुन नपाउने भएका छन् ।
संसद सचिवालयको कर्मचारी रोशनी शाहीमाथि बलात्कार र हातपातको प्रयास गरेको आरोप लागेको महरालाई अदालतले बुधबार सफाइ दिएको थियो ।
अदालतले सफाई दिएपछि सासंदको हैसियतमा बैठकमा सहभागी हुन अझै केही दिन लाग्ने भएको हो ।
महरा बैठकमा सहभागि हुन जिल्ला अदालतको पूर्ण पाठ र सफाइपत्र संसद सचिवालयमा पठाउनु पर्ने हुन्छ । अदालतले पत्र नपठाएसम्म महरा बैठकमा उपस्थित हुन नपाउने भएका हुन् ।
जिल्ला अदालतले सफाइ दिएको र पूर्ण पाठको जानकारी संसद् सचिवालयमा गराएपछि महरा नियमित संसद बैठकमा जानेछन् ।
महराले आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। त्यसको केहिदिनमै पक्राउ परेका महराको स्वतः पद निलम्बन भएको थियो ।
उक्त निलम्बन पद खुलाउन अदालतले सफाई पत्र पठाएपछि मात्र उनी बैठकमा सहभागि हुन पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया