काठमाडौं, १५ माघ । नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक खर्ब बढी कर्जा प्रवाह गर्ने बैंक बनेको छ । बैंकले पुष मसान्तसम्ममा एक खर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले एक खर्ब २१ अर्ब निक्षेप उठाएको छ खर्ब बढीको निक्षेप र कर्जा परिचालन गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ८३ करोड खुद नाफा कमाएको छ । जून गत वर्षको यसै अवधिको तुलनामा ५ प्रतिशत भन्दा धेरै हो । बैंकको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी सन्तुलन राख्न सकेन बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसामा झरेको छ । गतवर्ष यस्तो आम्दानी ५६.६९ रुपैयाँ थियो । बैंकको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३ गुणा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया