काठमाडौं, १५ माघ । राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आफ्नो नाफा एक अर्ब ७८ करोडले वृद्धि गरेको छ सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस मसान्तको यो अवधिमा बैंकले आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पुर्याएको हो बैंकले अघिल्लो आवको यही अवधीमा एक अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब कर्जा लगानी प्रवाह गर्दा सीडी रेसियो ६९ दशमलव १२ प्रतिशत मात्रै पुगेको छ । ठूला निजी बैंकहरु सिडी रेसियो नाघेर कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगिसक्दा पनि बाणिज्य बैंक भने अझै १० प्रतिशत थप कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको छ अन्य सरकारी संस्थान तथा उद्योगहरु निरन्तर ओरालो लागिरहँदा पनि राष्ट्रिय बाणिज्य बैंकले भने निरन्तर प्रगति गरिरहेको देखिन्छ । बैंकले ५ अर्ब ३२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३१ करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । बैंकले कर्मचारी खर्च पनि एक अर्ब ४१ करोडबाट घटाएर एक अर्ब २० करोडमा सीमित गरेको छ । खराब कर्जा ३ दशमलव ११ प्रतिशत रहेको बैंकले ८८ करोड प्रोभिजन गरेको छ भने ४० करोड राइट ब्याकबाट आम्दानी गर्न सफल भएको बैकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया