गुपचुप तेस्रो विवाह गर्दा आइपुगिन् पहिलो पत्नि, माईती पक्षले चुट्नुसम्म चुटे

काठमाडौं । पाकिस्तानमा आसिफ राफिक सिद्दीकी नामका एक पुरुषले गुपचुप तेस्रो विवाह गर्दै थिए । विवाह भइरहँदा उनकी पहिलो पत्नि मदिहा विवाह समारोहमै आइपुगिन् ।

विवाह समारोहमा आइपुगेकी मदिहाले पतिलाई गाली गर्न थालेपछि नयाँ बेहुलीका पक्षले के भएको सोधपुछ गर्न थाले । मदिहाले आसिफ आफ्नो पति भएको र छोराको समेत वेवास्ता गर्ने गरेको दुखेसो पोखिन ।

उनले आसिफको दोस्रो विवाहको बारेमा समेत बेहुलीलाई जानकारी गराईन । उनले आफ्नो काहानी सुनाइ रहँदा आसिफ भने मौन थिए ।

मदिहाको कुरा सुनिसकेपछि त्यसपछि आसिफलाई नयाँ बेहुली पक्षबाटै रामधुलाई गरे । उनलाई शर्ट र प्याइन्ट नै च्यातिने गरी पिटाइ खाए । उनी मुस्किलले भीडको आक्रोशबाट जोगिएर भाग्न सफल भए ।

पाकिस्तानमा बहुविवाह वैध छ । एकजना पुरुषले चारजना महिलासँग पनि विवाह गर्न सक्छन् तर दोस्रो विहे गर्नु अघि पहिलेका श्रीमतीहरुलाई भने जानकारी गराएर सहमति लिनुपर्ने नियम रहेको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?