दोलखा – दोलखाको भीमेश्वर मन्दिरमा १७ औं पटक आएको छ। यसरी पसिना आउनु अनिष्ट हुने संकेत भन्दै मन्दिरमा भीड लागेको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई पसिना आएको पूजारी बताउँछन् ।
भीमेश्वरलाई पसिना आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ बताउँछन् । कालो रंगको ढुंगाको शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्न थालेको अवस्थालाई भीमेश्वरमा पसिना आएको विश्वास गरिन्छ । यसरी पसिना आएपछि भीमेश्वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्ने गर्छन् ।
पछिल्लोपटक २०७४ असोज २ गते भिमेश्वरलाई पसिना आएको समाचार छ ।
भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन्। अहिले क्षमापूजा गर्न भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया