काठमाडौं, १५ माघ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई माघ मसान्तभित्र आफ्नो आय–व्ययको विवरण बुझाउन निर्देशन दिएको छ सूचना जारी गर्दै आयोगले आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्नसमेत भनेको छ राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय–व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ यस्तै प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएका राजनीतिक दललाई निर्वाचन खर्चको विवरण परिणाम प्रकाशन भएको ३५ दिनभित्र पेश गर्न पनि निर्देशन दिएको छ प्रदेशसभा सदस्य निर्वाचनमा दलले प्रतिउम्मेदवार एक लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्ने रकमको सीमा तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया