जनकपुर, १५ माघ । धनुषा गाणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छिन् बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयर यादवले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ त्यसगरी नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्ताववमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी थिइन् उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरिन् । धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनको आरोप छ ‘उहाँहरुले मेरो कुरालाई वास्ता गर्नुभएन, आफ्नै ढंगले चल्नुभयो, त्यसैले माइन्युट च्यातिदिएँ, यादवले भनिन् ‘अनुगमन गर्न गाह्रो भयो, मलाई गाडी दिनुस् भन्दा छ महिनादेखि टार्दै आउनुभयो ।’नगर कार्यपालिकाको बैठकमा आफूले १० बुँदा राखे पनि बैठकको प्रस्तावमा एउटा पनि विषय उल्लेख नभएकोले माइन्युट च्यातेको यादवले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया