गोकुल बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौँ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् ।

शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन् ।

कराेडौको कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राकृतिक चिकित्सालको आवश्यकता र महत्वको बारेमा पनि सो क्रममा चर्चा गरेका थिए । साथै गल्ती गर्नेलाई छुट दिने पक्षमा आफुहरु नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?