रोनाल्डोको करियरमा १ हजार खेल पूरा, सिरि एमा कीर्तिमानी गोल

काठमाडौं । युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले एक हजार खेल पूरा गरेका छन भने सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे ।

रोनाल्डोले यस सिजन क्लब र देशका लागि ३६ खेलमा ३६ गोल गरको छन् । रोनाल्डोले क्लबबाट ८ सय ३६ र देशबाट १ सय ६४ खेल खेलिसकेका छन् ।

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा एसपीएललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले पराजित गरेको हो । करियरको सिनियरतर्फ एक हजार खेल पुरा गरेका रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे ।

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

जुआन कुआड्राडोको क्रसमा ३९ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे । ६० औं मिनेटमा आरोन राम्सेले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले ६९ औं मिनेटमा पेनाल्टीमा एक गोल फर्काएका थिए ।

जितसंगै युभेन्ट्सले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।

रोनाल्डोले यस सिजन क्लब र देशका लागि ३६ खेलमा ३६ गोल गरको छन् । उनलाई आगामी आईतबार ईन्टर मिलानबिरुद्ध गोल गर्दै सिरि ए फुटबलमा कीर्तिमानी गोल कायम गर्ने अवसर छ ।

उनले ईटालियन लिगका ११ खेलमा लगातार गोल गर्ने कीर्तिमान बराबरी गर्न सफल भएका छन् । एजेन्सी

को हुन् रोनाल्डो ?

यो पनि पढ्नुहोस् :  सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

सन्यासपछि रोनाल्डो अंग्रेजी सुधार्ने मुडमा, फिल्म बनाउनेदेखि अरु के छन् चाहना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?