राजस्व संकलनमा बृद्धि

गगन अयडी धनगढी, पुस १५–आर्थिक बर्षको सुरुका दुई महिनामा प्रगति न्यून रहेको त्रिनगर भन्सार कार्यालयले पछिल्ला महिनामा राजस्व संकलनमा बृद्धि गरेको छ । आयात केन्द्रीत भन्सार जस्तै रहेको त्रिनगर भन्सारले चालू आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा करिब २ करोड रुपैया“ बढी राजश्व संकलन गरेको छ । आर्थिक बर्षको सुरुमा भारतमा जिएसटि प्रणाली र नेपालमा एकजिट कोड प्रणाली लागु हुदा लक्ष्य अनुसारको कर संकलन नभएको भन्सार कार्यालयकोे कर संकलन सुधार ह“ुदै गएको हो । आर्थिक बर्षको सुरुमा ब्यापारीहरु अन्योलमा रहेकाले आयातमा कमी आएकोमा अहिले आयातमा बृद्धि भएसंगै कार्यालयको कर संकलनमा पनि सुधार आएको कैलाली त्रिनगर भन्सार कार्यालयका निमित प्रमुख अधिकृत गोपीकृष्ण उप्रेतीले बताए । आर्थिक बर्षको सुरुको महिना श्रावाणमा २७ करोड १५ लाख ९६ हजार कर संकलनको लक्ष्य रहेकोमा १९ करोड ४३ लाख ५१ हजार मात्र कर संकलन भएको थयो भने भाद्रमा ३१ करोड ३ लाख ९६ हजार लक्ष्य रहेकोमा २१ करोड ९६ लाख २५ हजारमात्र कर संकलन भएको थियो । तर पछिल्ला महिनाहरुमा क्रमिक कर संकलनको दर बढ्दै गएको कैलाली भन्सार अधिकृत नारायणदत्त जोशीले बताए । कैलाली भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ३ अर्ब ८७ करोड ९९ लाख ५१ हजार कर संकलन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य अघिल्लो आर्थिक बर्ष भन्द झण्डै ४९ प्रतिशत बढी हो । लक्ष्य बढी रहेको भएपनि लक्ष्य प्राप्तीका लागि कसरत भैरहेको कैलाली त्रिनगर भन्सार कार्यालयका निमित प्रमुख अधिकृत गोपीकृष्ण उप्रेतीले जानकारी दिए । अन्त शुल्क लक्ष्य भन्दा न्यून सङ्कलन हु“दा भन्सार महसुल र मूल्य अभिबृद्धि कर भने लक्ष्य भन्दा बढी संकलन भएको छ । भन्सार महसुलको लक्ष्य ८३ करोड ३४ लाख ८० हजार रुपैया“ हु“दा ६ महिनाको ९२ करोड ३० लाख ३८ हजार रुपैयाँ संकलन भएको हो । यस्तै ७० करोड ७१ लाख ७० हजार रुपैया“ लक्ष्य दिइएको मूल्य अभिबृद्धि कर ८२ करोड १५ लाख १३ हजार रुपैया“ संकलन भएको छ । चालु आर्थिक बर्षमा कैलाली भन्सार कार्यालयलाई ३ अर्ब ८७ करोड ९९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको छ । ६ महिनाका लक्ष्यको ४६.४२ प्रतिशत राजश्व संकलन भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?