९ वर्षका यी बालकलाई खुसी पार्न संसारभरीबाट उठ्यो तीन करोड !

काठमाडौं । अष्ट्रेलियाको ब्रिस्टेनस्थित एक स्कूलका ९ वर्षीय छात्रलाई खुसी बनाउनका लागि संसरभरिबाट ३ करोड २० लाख रुपैयाँ जुटाएका छन् ।

क्वेडन बेल्स नाम गरका ति बालकलाई खुसी बनाउनका लागि यति धेरै रुपैया जम्मा गरिएको हो ।

उनी आफ्ना साथीले स्कूलमा जिस्काएका कारण हैरान थिए । १८ फेब्रुअरी उनकी आमा याराका बेल्सले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

भिडियोमा बच्चा आत्महत्या गर्ने कुरा बताईरहेका छन् । ६ मिनेट ४६ सेकेण्डको उक्त भिडियो अहिले तिव्र गतिमा भाइरल बनिरहेको छ ।

हजारौँ मानिसहरु क्वेडनको सपोर्टमा छन् । उनलाई खुसी बनाउनको लागि संसार भरिका मानिसहरु नै लागि परिरहेका छन् ।

अमेरिकाका क्यामेडियन ब्रेड विलियम्सले क्वैडनका लागि फन्ड जम्मा गर्न अपिल गरेका छन् किनभने उनी डिज्नील्याण्ड घुम्न जान सकुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?