काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाले दक्षिण कोरियामा रहेका नेपाली संघ सस्थाहरुलाई एकतावद्ध भएर कार्य गर्न आग्रह गरेका छन् ।
कोरियामा फैलिएको कोरोना अर्थात कोभिड १९ को सक्रमण बढेको तथा केहिदिन यता मानिसहरुको समेत मृत्यु हुन थालेपछि संम्यमित हुन आग्रह गर्दै देउवाले चिन्ता व्यक्त गरेका छन् ।
सोमबार नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पुर्ण नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
सभापति देउवाले एक विज्ञप्ती जारी, “नेपाल सरकार तथा नेपाली दूतावास मार्फत हुन सक्ने आवस्यक सजगता बारे हामी घच्घचाई रहेका छौं” पत्रमा भनिएको छ ।
साथै यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनुपर्ने अपेक्षा राख्दै कोरियामा रहेका दजर्नाै नेपाली संघ संस्थालाई आपसी भाइचारा अभिबृद्धि गर्दै यस्तो घडिमा एकतापूर्वक कार्य गर्न समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया