काठमाडौँ । एक महिलालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरीगन्ज गाउँपालिका घरभइ हाल राजधानीको बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय विशाल संग्रौला र ३५ वर्षीय सुवास संग्रौला रहेका छन् ।
उनीहरुले जागिरको प्रलोभन दिँदै सुनसरीको इटहरीकी एक ३४ वर्षीय युवतीलाई काठमाडौँ बोलाएका थिए । महिला काठमाडौँ आएपछि उनीहरुले बूढानीलकण्ठको गणेश चोकस्थित सुवासको घरमा सामूहिक बलात्कार गरेका थिए । त्यसपछि फेरि भक्तपुरको एक रिसोर्टमा समेत लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
महिलाले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएपछि खटिएको टोलीले उनीहरुलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया