६२ वर्षीय जर्ज हुडले बनाए प्ल्याङ्किङको नयाँ विश्व रेकर्ड !

काठमाडौं । ६२ वर्षे पूर्व अमेरिकी जलसेना जर्ज हुडले प्ल्याङ्कु (एक प्रकारको व्यायाम ) गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन् । उनले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म प्ल्याङ्कु गरेर विश्व रेकर्ड कायम गरेका हुन् ।

जर्ज हुडले शिकागोमा द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्कुमा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ । उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।

त्यसकालागि आफूले २,१०० घण्टा प्ल्याङ्कु को तयारी गरेको हुडले बताए । रेकर्ड तोडेपछि उनले ७५ पटक पुशअपु पनि गरेका थिए ।लगत्तै उनले प्ल्याङ्कु रेकर्डको प्रयास गर्ने कार्यबाट आफूले सन्यास लिएको बताए ।

प्ल्याङ्किङ एक प्रकारको लोकप्रीय शारिरिक व्यायाम हो जस्मा दुवै कुहिना भूईँमा टेकाएर दुवै खुट्टा पछाडि तन्काइ पाखुरा र खुट्टाका औँलाहरूको भरमा जीउलाई उठाएर घोप्टो परी सुतेको जस्तो आसनमा सकेसम्म लामो समयसम्म बस्ने गरिन्छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?