काश्मिरमा ६ महिनापछि स्कूल खुल्दा बच्चाहरुको अनुहारमा छायो खुसीयाली

काठमाडौं । जम्मू काश्मिरको ग्रीष्मकालिन राजधानी श्रीनगर र काश्मिर घाटीका बिभिन्न् भागमा ६ महिनापछि प्राइभेट तथा सरकारी शैक्षिक संस्थाहरु खुलेपछि स्कूले विद्यार्थीको अनुहारमा मुश्कान छाएको छ ।

प्रदेशमा ५ अगस्टमा अनुच्छेद ३७० हटाएपछि प्रतिबन्धका साथै शैक्षिक संस्थाहरु बन्द भएका थिए । त्यसपछि सरकारले सबै स्कूलहरुलाई ६ महिनाको लामो शीतकालिन अवकाश घोषणा गरेको थियो ।

स्कूलको ड्रेस लगाएका बच्चाहरुसँगै उनीहरुका अभिभावक पनि खुसी भएका छन् । ६ महिनासम्म घरमा बसेका विद्यार्थीहरु स्कूल जान पाउँदा खुसी बनेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?