ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशक मकेबद्वारा राजीनामा

वासिंगटन, १६ माघ । अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआइ) का उपनिर्देशक एन्ड्रयु मकेबले दुई महिना लामो बिदा लिंदै आफ्नो जिम्मेवारीबाट बाहिरिएका छन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाउँदै पद छाड्न दबाब दिएको बताइएको छ सिबिएस न्युजले आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न वाध्य पारिएको बताएको छ । उनलाई ट्रम्पले एक साताअघि नै पद छाड्न दबाब दिएको बताइएको छ राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआईका तत्कालीन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको भूमिका समेत निर्वाह गरेका थिए सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोपमा छानबिन भइरहेका बेला ट्रम्पले कोमीलाई पदबाट बर्खास्त गरेका थिए । अमेरिकी गुप्तचर एजेन्सीहरुले समेत निर्वाचनमा रुसी हस्तक्षेप भएको बताएपनि ट्रम्पले त्यसको खण्डन गर्दै आएका छन् मकेबकी श्रीमती डा. जील मकेब भर्जिनिया राज्यमा डेमोक्रेयाट पार्टीको तर्फबाट अमेरिकी सिनेटको चुनाव लडेकी थिइन् गत साता द वाशिङटन पोष्टले अमेरिकी राष्ट्रपतिको कार्यालयमा चिनजान गर्न डाकिएको बैठकमा राष्ट्रपति ट्रम्पले मकेबलाई सन् २०१६ को चुनावमा उनले कसलाई भोट हालेका थिए भनी सोधेको वर्तमान तथा भूतपूर्व अधिकारीहरुले बताएको जनाएको थियो उनले आफुले कसैलाई पनि मतदान नगरेको भन्ने जवाफ दिएको पनि समाचारमा उल्लेख थियो गत जुलाई महिनामा एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘समस्या के हो भने एफबीआइका कार्यवाहक निर्देशक एन्ड्रयु मकेबले हिलरी क्लिन्टनबाट आफ्नी श्रीमतीकालागि सात लाख डलर सहायता लिएका थिए ।’ती आरोपहरुबारे मकेबले सार्वजनिक रुपमा कुनै टिप्पणी गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?