विभिन्न ४ उद्योग कारवाहीमा: दुईको इजाजत स्थगन, एकको रद्ध

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न ४ उद्योगलाई कारवाही गर्ने भएको छ । कारवाहीमा पर्नेमा नेपाल शालिमार सिमेन्ट प्रालि (बारा), रिलायन्स सुपरटेक सिमेन्ट प्रालि (बारा), असोक स्टिल प्रालि (बारा) तथा एमजेप्पी सिमेन्ट प्रालि (कपिलबस्तु) रहेका छन् । विभिन्न समयमा विभागले गरेको बजार अनुगमनबाट संकलिन नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त नतिजा अनुरुप नपाईएको तथा नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

मंगलवार एक विज्ञप्ती जारी गर्दै विभागले विभिन्न ४ कम्पनीहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

विभागका अनुसार नेपाल गुणस्तर अनुरुप नभएकाले शालिमार तथा रिलायन्स सिमेन्टको को नेपाल गुुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार इजाजत स्थगन गरिएको छ । भने असोक स्टिलको इजाजतपत्र रद्ध गरिएको विभागले जनाएको छ । त्यस्तै एमजेप्पी सिमेन्टको अनुगमनका क्रममा संकलित नमुना गुणस्तरीय नभएकाले स्पस्टिकरण सोधिएको विभागको विज्ञप्तीमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?