काठमाडौँ । नक्कली सुनको बालालाई सक्कली भएको भन्दै झुक्याएर बेचेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु–४ घर भइ कागेश्वरी मनोहरा बस्ने २३ वर्षीय वीर बहादुर तामाङ, सिन्धुपाल्चोककै मेलम्ची घर भइ कागेश्वरीमै बस्ने २१ वर्षीय अमित तामाङ रहेका छन् ।
उनीहरुले बूढानीलकण्ठ नगरपालिका ४ बस्ने अनिता बाँस्कोटालाई आफन्त बिरामी भएको बहाना बनाइ नक्कली सुनको बला सक्कली भएको भन्दै ६ लाख २० हजारमा बेचेका थिए ।
पीडितले आफू ठगिएको थाहा पाएपछि महानगरीय प्रहरी बृत्त महाराजगन्जमा दिएको उजुरीको आधारमा अभियुक्तलाई बाँसबारीबाट पक्राउ गरिएको बृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिए ।
नगरदसहित पक्राउ परेका उनीहरुलाई ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया