नेकपा बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बिहानका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले पेश गरेको अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्बन्धी प्रतिवेदनबारे निर्णयमा पुग्न प्रयास गरिने महासचिव विष्णु पौडलले जानकारी दिए । यसअघि नेकपाले बनाएको कार्यदलले संशोधन गरेरमात्रै एमसीसी पारित गर्न सुझाएको थियो ।
योबाहेक निर्वातमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?