काठमाण्डौं, १ असोज ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरि पार्टीका उमेदवारहरुलाई हराएको आरोप लगाँउदै वडाअध्यक्ष तथा सदस्यका प्रत्यासीहरुले डा. महतलाई कारवाहीको माग गरेका हुन ।निर्वाचनमा आँफुहरुलाई हराउन भुमिका खेलेको भन्दै नुवाकोटको लिखु,ककनी र शिवपुरी गाउँपालिकाका भित्रका वडाध्यक्ष तथा सदस्यका उमेदवारहरुले आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन ।निवेदनमा डा. महतको निर्देशनमा नेविसंघ जिल्ला सभापति उत्तम पाठक,लिखु३ का केशराम तामांग र तरुण दलका सुमन डंगोलले मतादातालाई विपक्षि पार्टीका उमेदवारहरुलाई मतदान गर्न लगाएकोले डा. महत सहित चारैजनालाई कारवाहीको माग गरिएको छ ।डा. महत सहितका नेता कार्यकर्तालाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितीमा बुझाईएको निवेदनमा वडाध्यक्षका उमेदवारहरु लिखु -३ का विनोद सेढाई, ककनी -३का सिताराम आचार्य, शिवपुरी -८ का केशव प्रसाद रिजाल,लिखु- ५ का विश्व प्रसाद खतिवडा र ककनी -१ का मोहनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन ।निवेदनमा वडासदस्यका उमेदवारहरु शिवपुरी- ८ का कृष्ण थपलिया, लिखु -३ का प्रकास कुँवर, लिखु- ५का कल्पना आचार्य, लिखु-५ कै कृष्णबहादुर थापा मगर, ककनी -३ का लक्ष्मि राई,ककनी -३ कै गीता सुनार, लिखु-६का अर्जुनजंग थापा र शिवपुरी- ८ का जयराम तामांग लगायतले हस्ताक्षर गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया