काठमाडौँ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने बताएका छन् ।
एक पत्रिकासँगको अन्तर्वार्तामा उनले पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्ने भन्दै पार्टी निर्णयको खिलापमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय नेकपाको सचिवालयबाट सर्वसम्मत अनुमोदन भएको खनालको भनाइ छ । यो निर्णयमा प्रधानमन्त्रीको समर्थन रहेको तर पछि एकाएक निर्णय नमान्ने कुराले चकित बनाएको उनको भनाइ छ ।
निर्णय भएको केही घण्टापछि ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउने र युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएको समाचार बाहिर आएका छन् ।
यसबारे खनालले भनेका छन्–पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया