काठमाडौं । एक वर्षअघि आजकै दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायतको निधन भएकाहरुको सम्झनामा स्मृति सभाको आयोजना गरिएको छ ।
फागुन १५ गते मन्त्रीलगायत सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो ।
उनीहरुको सम्झनामा प्रथम स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा मन्त्री योगेश भट्टराईसहित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको छ।
मन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
पाथिभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङको पाथिपरा क्षेत्रमा भएको दुर्घटनामा उनीहरुको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया