काठमाडौं । रोन्डा राउसी अहिले एकदमै चर्चामा छिन्। सुगठित शरीर भएकी रोन्डाले ३४ सेकेन्डमै नक आउट जितेर चचाृ कमाएकी हुन् ।
चर्चा त उनको भयो नै साथै उनी विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने व्यवसायिक बक्सर फ्योयड मेवेदरले रोन्डालाई पुरुषको झै मस्कुलर शरीर भएको आरोप लगाएका थिए ।
यस्तै केहि अन्य महिला बक्सरहरुले पनि रान्डाको आलोचना गरेका छन्। आलोचनाकैबीचमा रोन्डा समुन्द्री किनारमा बिकिनीमा देखापरेकी छन्। जुन उनका विरोधिहरुको लागि कडा प्रत्युत्तर मानिएको छ।
१. को हुन रोन्डा ?
रोन्डा अमेरिकन मिक्स्ड मार्सल आर्ट्सको एक बक्सर हुन। उनको नाममा लगातार बाह्रा ‘फाइट’ जितेको रेकर्ड रहेको छ । व्यवसायिक बक्सिङमा कसैले पनि अहिलेसम्म ५ फिट ७ इन्च हाइटकी रोन्डा बक्सरलाई हराउन सकेको छैन। ‘फ्युरियस ७’, एक्सपेन्डेबल सीरीजका फिल्महरुमा उनको अभिनय पनि देख्न सकिन्छ।
२००८ को बेइजिङ ओलम्पिकमा उनले जूडोमा अमेरिकाको लागि काँस्य पदक समेत हात पारेकी थिइन् । रोन्डा पहिलै देखि भने एथलीट खेलाडी होइनन्।
उनी झै ओलम्पिक गोल्ड च्याम्पियन नताशा हस्टिङस्ग्स, सान्या रिचर्डस् रान्स, मैसी एरिआस र क्रिस्मस एबोटलाई पनि पुरुष झै व्यवहार गरिन्छ। मस्कुलर शरीर अनि दमदार खेल प्रदर्शनले उनीहरुलाई यस्तो व्यवहार गर्ने गर्छन्।
२. क्रिस्मस एबोट
बडिबिल्डर क्रिस्मस पुरुषको झैँ शरीर भनेर गरिने प्रतिक्रियाको मतलव गर्दिनन्। ओलम्पिक सहित बिभिन्न ठूला खेलहरुमा भाग लिइसकेकी उनी ‘यस्तो शरिर मेरो कामको लागि जरुरी छ।’ छ भन्ने गर्दछिन् ।
३. मैसी एरिआय
पूर्व बडिबिल्डर अनि अहिले फिटनेस ट्रेनर मैसीलाई उनकै प्रेमीले पुरुष लाग्ने भन्दै प्रतिक्रिया दिएका थिए।
४. नताशा हस्टिङस्ग्स
२९ वर्षकी अमेरिकी ओलम्पिक च्याम्पियन नताशालाई पनि केटा झैँ शरीर भएको आरोप लाग्ने गरेको छ । ५.८ फिट अग्ली नताशाले ओलम्पिक २००८ रिले मा गोल्ड मेडल जितेकी थिइन।
५. सान्या रिचर्डस् रान्स
‘पुरुष झै देखिने भन्दै गरेका प्रतिक्रियाले म झन् बलियो बने।’ भनेर जमैकाकी सान्या बताउँछिन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया