व्यस्त नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिबाह गरेकी छिन् । उनले बिहीबार जिल्ला अदालत ललितपुरमा कोर्ट म्यारिज गरेकी हुन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरु भाइरल भइरहँदा बिहीबार यो जोडीले कोर्ट म्यारिज गरेको हो ।
उनीहरुले सामाजिक सञ्जालमार्फत कोर्ट म्यारिज भएको जनाएका छन् । दुबैले आफ्नो सामाजिक सञ्जालमा बिबाहको फोटो राख्दै ‘मिस्टर एण्ड मिसेज (श्रीमान–श्रीमती) लेखेका छन् ।
निकट व्यक्तिहरुको उपस्थितिमा उनीहरुले एकअर्कालाई माला लगाइदिँदै कानुनी रुपमा बिहे गरेर बिबाह दर्ता गराएका थिए । यसअघि उनीहरुले फागुन १५ मा बिहे गर्ने भनिएपनि स्वरुप भने सार्वजनिक गरिएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया