काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चुलिएको छ । पछिल्लो समय बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको हो ।
उक्त विवादको विषयमा छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेकपाका शिर्ष नेताहरु छलपलमा जुटेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली बाहेक नेताहरु छलफलमा जुटेको खुमलटार स्रोतल जनाएको छ ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत सहभागी भएको बुझिएको छ ।
पछिल्लो समय पार्टीमा देखिएको समस्याको विषयमा छलफल केन्द्रित भएको थियो ।
पार्टीमा त्यति विवाद त छैन । तर, प्रधानमन्त्रीलाई भेट्नु अघि पार्टीको निर्णयलाई एकपटक छलफल गर्न भेला भएको खुमलटार स्रोतले बताएको छ ।
बैठकले सचिवालयले गरेको निर्णय कार्यान्वयन गराउने निष्कर्षसमेत निकालेको स्रोतले बताएको छ ।
सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ । बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । उपाध्यक्ष गौतमको विकल्प खोज्न नहुने बैठकले निष्कर्ष निकालेको स्रोतको भनाइ छ ।
सचिवालयको निर्णयबाट पछि नहट्न सुझाव दिदै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो । ओली भने गौतमलाई राष्ट्रियसभामा नलैजाने अडानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया