काठमाडौं । एनएमबी बैंक लिमिटेडले ग्राहकहरुको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकले ग्राहकहरुको लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९ दशमलव २५ तथा संस्थागत तर्फ ८ दशमलव ५० प्रतिशत ब्याज कामय गरेको छ ।
हाल बैंकले ग्राहकहरुको सुविधामा आधारित विभिन्न ५५ वटा भन्दा बढी बचतको योजना रहेका छन् । बैंकले कर्जाको पनि ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १८ दशमलव ६५ प्रतिशतसम्म ब्याज लाग्ने गरेको बैंकले जनाएको छ । त्यस्तै बचतमा भने बैंकले सबैभन्दा सबैभन्दा कम ० दशमलव २५ तथा बढीमा ६ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने गरेको छ ।
बैंकबाट ल्याण्ड पर्चेज, मोटर बाइक लोन अटो, पर्सनल, शैक्षिक धितोकर्जा, हाउजिङ लगायतका क्षेत्रमा लोन लिँदा १८ दशमवल ६५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै एसएमई लोन लिन १७ दशमलव १५ प्रतिशत ब्याज लाग्ने छ । साथै बैंकको माघ सम्मको आधार दर १० दशमलव ५१ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया