चितवनबाट सिधै किन सुकुटे पुगे प्रचण्ड ?

काठमाडौं – शुक्रबार बिहान खुमलटारको बैठकबाटै चितवन गएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

पछिल्लो पटक पुसको तेस्रो साता मात्रै सुकुटेमाथिको गाउँ कदमबासमा पुगेर एक रात बसेका उनी करिब २ बजे हेलिकप्टरमा सुकुटे पुगेका हुन्।

शनिबार हुने सुकुटे महोत्सव उदघाटन गर्न शुक्रबार दिउँसै प्रचण्ड सुकुटे गएका हुन्।

प्रचण्ड आरामका लागि यसअघि पनि सुकुटे पटक पटक जाने गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?