काठमाडौं । हिमानी शाह (जन्म १ अक्टोबर, १९७६) नेपालकी पूर्व युवराज्ञी हुन्। उनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन्।
हिमानी भारतको राजस्थानस्थित सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्।
उनको तत्कालिन युवराज पारस शाहसँग विवाह भएको थियो। हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर बसिरहेकी छन्
पूर्व युवराज्ञी हिमानी शाहका १५ मनछुने भनाईहरु
१. समय समयमै बदलिन्छ तर मानिस कहिले बदलिन्छ थाहा हुँदैन ।
२.भगवानको भोक नै प्रेम हो ।
३. आफू रुँदै जन्मेर अरुलाई रुवाउँदै मर्ने जात हो मान्छे ।
४. दुख होइन, परिश्रम गर्ने हो, सुख र मनोरन्जन त क्षणिक मात्र हुन्छन् ।
५. यदि प्रेममा भ्रष्टाचार हुन्थ्यो त सबैभन्दा ठूलो भ्रष्टाचारी तिमी ठहरिन्थ्यौ डियर ।
६. साथी होस वा प्रेम यो जीवन्त रहन्छ ।
७. राम्रो संस्कार घरमा मिल्छ, ठूला स्कूलमा मिल्ने भनेको मात्र शिक्षा हो ।
८.प्रेम भनेको ताल्चा र (चाबी ) साँचो जस्तो होस्, (चाबी )साँचो नभए ताल्चा नखुल्ने र अर्को (चाबी ) साँचोले चावीले ताल्चा खुलाउन नमिल्ने ।
९. यसकारण केहि सम्बन्धहरु अधुरो रहन्छन्, एकले भन्न सक्दैन र अर्काेले सम्झिन ।
१०. अपनाउनका लागि हजारौँ खुबी कमी हुने गर्दछ तर छोड्नको लागि एउटा गल्ती नै काफी हुँदो रहेछ ।
११. नारी एक होइन, दुई दुई परिवारको भाग्य लिएर जन्मिछन् ।
१२. सम्बन्ध निभाउनलाई वुद्धी होइन, दिल शुद्धि चाहिन्छ ।
१३. साथ, समय र समपर्ण दिने व्यक्तिलाई हमेसा सम्हालेर राख्नुहोस् ।
१४. संसार हाम्रो अस्थायी घर हो, यहाँ हामी असल कार्य गर्नका लागि रुँदै जन्मिँदै र रुँदै मर्न मात्र आएका हौँ ।
१५. बदला लिएर होइन, बदलिएर देखाउ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया