गुण्डा नाइके मिलन लामा जेल चलान

काठमाडौं । लुटपाट तथा गठी आरोपमा पक्राउ परेका नुवाकोटका मिलन लामा जेल चलान भएका छन् । ठगी आरोपमा शुक्रबार (आज) भएको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी माग गरेको र उक्त रकम बुझाउन नसकेपछि लामालाई जेल चलाउन गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।

यस अघि लामा माघ २० गते काठमाडौंको बसुन्धराबाट लुटपाट गरी भागेका थिए । लामाले चेक तथा पैसा लुटपाट गरी ज्यान मार्नेसम्मको धक्मी दिएर भागेको आरोपमा परेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका लामालाई महाराजगंज प्रहरीले माघ २८ गते राती बसुन्धराबाट पक्राउ गरी अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

गुण्डाका नाईके समेत रहेका लामा यस अघि पनि कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा जेल जलान भइसेका व्यक्ति हुन् । नुवाकोटको तत्कालिन महाकाली गाविस हाल शिवपुरी गाउँपालिका स्थायी घर भएका लामा यस अघि २०६७ सालमा हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजु र २०७० सामा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी वृत्त महाराजगंजले मुद्दा चलाई सजाय पाइसकेका अभियुक्त हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?