काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीविरुद्ध अदालतको अवहेलनाको आरोप लागेको छ । सर्वोच्च अदालतले उनीसहित काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी, सिंहदरवार वृत्तका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालतले छाड्ने आदेश दिएपछि पनि अदालतको गेटबाटै पक्राउ गरेको सर्वोच्च अदालतले मुद्दा चलाउन आदेश दिएको हो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बर बहादुर शाहीको संयुक्त इजलाशले सो आदेश दिएको हो ।
भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई गैरकानुनी थुनामा राखेको भन्दै उनीहरुको तर्फबाट भीमप्रसाद शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । विप्लव नेतृत्वको नेकपामा लागेको भन्दै उनीहरुलाई प्रहरीले पटकपटक पक्राउ गरी मुद्दा चलाउने गरेको थियो । अदालतको आदेशमा आदेशको जनाउ पाएको ७ (सात) दिनभित्र लिखित जवाफ सहित अदालतमा आफै उपस्थित हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया