कोरोनामा संयम अपनाउन भन्दै सरकारको यस्तो प्लान !

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । सरकारले कोरोना रोकथामका लागि उच्चस्तरीय समिति गठन गरेको छ । उप–प्रधानमन तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो । गृह, पर्यटन, स्वास्थ्य, अर्थ र शिक्षा मन्त्रीसमेत रहेको समिति गठन गरेको छ ।

प्रधानमन्त्रीले शनिवार बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । अहिलेलाई विमानस्थलमा जाँच बढाउने, थप औषधी भण्डारण गर्ने, हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप्ने निर्णयसमेत भएको छ ।

छलफलमा कोरोनाको संक्रमण फैलिएको देशहरुसँगको हवाई सेवा बन्द गर्ने विषयमा पनि कुराकानी भएको थियो। परिस्थिति हेरेर आवश्यक परे हवाई सेवा बन्द गर्ने निर्णय पनि समितिले नै गर्ने पर्यटन मन्त्री योगेसकुमार भट्टराईले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको बताएपछि सरकारले उक्त समिति गठन गरेको हो । समितिले अव नेपाल आउने सबै विदेशी पर्यटकलाई सय डिग्री भन्दा माथि ज्वरो देखिए आइसोलेसनमा राखिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?