शिक्षा सम्बन्धी एसिया प्यासिफिक स्तरिय भेला सम्पन्न

काठमाडौं । शिक्षा सम्बन्धी एसिया प्यासिफिक स्तरिय भेला काठमाडौंमा सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया प्यासिफिक शैक्षिक संजाल ASPBAE र नेपाल दिगो विकास फोरमको सहकार्यमा दिगो विकास लक्ष्य ४ को राष्ट्रिय कार्ययोजना माथिको स्वस्तस्फुर्त राष्ट्रिय समिक्षा सम्बन्धि खुल्ला छलफल कार्यक्रम आइतवार काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गुणस्तरिय सार्बजनिक शिक्षा प्रणालीका पक्षमा क्रियाशिल एसिया प्यासिफिक क्षेत्रका १५ राष्ट्रका ५० जना अभियानकर्मिहरुको सहभागिता रहेको थियो ।

नेपालबाट राष्ट्रिय योजना आयोगकि सदस्य नेपालबाट डा. उषा झा मानवअधिकारकर्मी गैरी प्रधान ,बिभागका निर्देशक डा. तुलसि थपलिया शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आफ्नो विचार एवम प्रस्तुती राखेका थिए ।

त्यस्तै ASPBAE का अध्यक्ष नानी, महासचिव मारीया खान, जिपिइ प्रतिनिधी हेलेनले शिक्षाको विश्वब्यापी एवम क्षेत्रीय अवस्था र चुनौती एवम नेपाल जस्ता राष्ट्र्ले अबलम्बन गर्नुपर्ने रणनिती बारे प्रस्तुती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?