काँचो प्याज खाँदा निको हुन्छन् यी ६ रोग

काठमाडौं । बिभिन्न परिकार बनाउँदा प्रयोगमा आउने प्याज स्वास्थ्यका लागि लाभदायक मानिन्छ । । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्दछन् । तर काँचै खाँदा पनि प्याजले स्वास्थ्यलाई फाइदा गर्दछ ।

सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट उखेल्छ ।

१. कब्जियत
प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक मानिन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनप्रक्रियाले पनि सुचारु रूपमा काम गर्दछ ।

२. रक्तचाप
प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउन सकिन्छ।

३. पत्थरी

विहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउँदा पत्थरीको समस्या सधैँका लागि हट्दछ।

४. मधुमेह

काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्दछ ।

५. घाँटी खसखसाउन छोड्दछ

रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुपर्दछ । यसरी पिएमा सधैँका लागि त्यस किसिमका समस्याहरु हटेर जान्छन् ।

६. रक्ताल्पता

दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?