काठमाडौं । स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आईतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।
एल क्लासिकोमा शानदार जित सहित रियल लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ । रियलको जितमा भिनिसियस जुनियर र मारिनोले समान एक एक गोल गरे ।
यो पनि पढ्नुहोस् : के हो एल क्लासिको ? यस्तो छ इतिहास
दोस्रो हाफमा जुनियरले गोल गरेका थिए । यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।
रियल ५६ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । बार्सिलोनाले एल क्लासिकोमा जित हात पार्दै तालिकामा चार अंकको अग्रता बनाउने अवसर गुमाएको छ । एजेन्सी
के हो एल क्लासिको, कसरी शुरु भयो ?
अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई एल क्लासिको भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबले हुने भिडन्तले विश्वभर तहल्का मच्चाउने गर्दछ ।
यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । यी दुई क्लबहरु ला लिगा, कोपा डेल रे,स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।
यो भिडन्त इतिहाँसका कारणले पनि प्रख्यात छ । ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोना र म्याड्रिड स्पेनका दुई ठूला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन् ।
यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् । पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो । तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो ।
ला लिगामा यो सिजन अपेक्षित प्रदर्शन गर्न नसकेको रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगमा गत साता मात्र फाइनल पुगेको छ। रियल लगातार तेस्रो सिजन युरोपियन च्याम्पियन बन्ने आशामा छ ।
हालसम्म रियल म्याड्रिड र बार्सिलोना दुई सय ७० पटक भिडेका छन् । यसमा ३३ मैत्रिपुर्ण खेल पनि समावेश छन् । प्रतिस्पर्धात्मक भिडन्त (मैत्रिपुर्ण खेल)मा बार्सिलोना ९२ र रियल म्याड्रिड ९५ खेलमा विजयी भएको छ।
ला लिगामा १७५ पटक, कोपा डेल रेमा ३३ पटक, कोपा डे ला लिगामा ६ पटक, स्पेनिस सुपर कपमा १४ पटक र युरोपियन च्याम्पियन्स लिगमा ८ पटक भिडेका छन् ।
ला लिगामा बार्साले ७० र रियल म्याड्रिडले ७२ खेल जितेको छ भने ३३ खेल बराबरी भएका छन् । यीमध्ये घरेलु लिगमा भएका ४९ खेलमा बार्सा र ५२ खेलमा रियल म्याड्रिड विजयी भएका छन्। यसैगरी अवे खेलमा बार्सिलोना २१ र म्याड्रिड २० खेलमा विजयी भएका छन्।
एल क्लासिकोको सबैभन्दा फराकिलो नतिजाका रुपमा कोपा डेल रेमा रियल म्याड्रिडले बार्सिलोनालाई ११-१ गोलले हराएको थियो सन् १९४३ मा।
ला लिगामा रियलले सन् २०१६ यता बार्सिलोनालाई हराउन सकेको छैन् । यसबीचमा रियलले दुई हार र एक बराबरीको नतिजा ब्यहोरेको छ। गत डिसेम्बरमा भएको ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोना ३-० गोलले विजयी हुँदा लुइस स्वारेज, लियोनल मेसी र एलेक्स भिदालले एक एक गोल गरेका थिए ।
चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त बुधबार राति हुँदैछ । स्पेनिस ला लिगा फुटबलमा यी दुई टीमबीच एल क्लासिको हुन लागेको हो ।
यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको यो खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले दर्शकले दुई प्रतिस्पर्धी टोलीबीच राम्रो फुटबल हेर्न चाहेको बताएका छन् । जिदानले रियलको ध्यान मैदानमा केन्द्रित रहने पनि बताए ।
यता बार्सिलोना पनि घरेलु मैदान र सर्मथकको साथमा सुखद नतिजा निकाल्ने दाउमा छ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले पनि बार्साको सम्पूर्ण ध्यान राम्रो फुटबल खेल्नमा केन्द्रित हुने बताए ।
ला लिगामा दुबै टोलीले १६ खेलबाट समान ३५ अंक बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया