आज साझ मात्र प्रधानमन्त्री ओली अस्पताल जाने

काठमाडौं । मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमवार साँझ मात्र अस्पताल जाने भएका छन् । यो ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न हो ।

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुन लागेका हु्न् ।

आइतवार सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले अस्पताल जानुअघि व्यस्तता बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?