काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने २२ वर्षीय रतन तिरुवाविरुद्ध म्याद थप गरि कारवाही प्रक्रिया अघि बढाइने भएको छ ।
आइतवार राष्ट्रिय सभा गृहमा भरतमोहन स्मृति सभामा बोल्ने क्रममा तिरुवाले प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास गरेका थिए । भने त्यसपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
साथै तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको महानगरिय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
साथै उक्त जुत्ता प्रहार प्रकरणको छानबिन गर्न समिती गठन गरिएको छ । एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
उक्त छानविन समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् । साथै एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् । सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा समिति गठन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया