सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ ।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो ।
उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो । गत वर्ष डिसेम्बर महिनाको अन्तिम साता देखिएको कोरोना भाइरस कोभिड १९ को अहिले विश्वका ६४ देशमा फैलिइसकेको छ । कोरोनाबाट विश्वभरि ३ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ८८ हजार ४ सय ४३ जनामा भाइरसको संक्रमण देखिइसकेको छ ।
चीनमा मात्रै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ भने ८० हजार २६ जना यस भाइरसबाट संक्रमित छन् । र, ४४ हजार ४ सय ६२ जना उपचारपछि घर फर्किईसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया