काठमाडौं । लाओत्सु वा लाओत्से प्राचीन चीनका एक प्रसिद्ध दार्शनिक थिए । उनलाई ता ओते चिंग नामक एक उपदेशका लेखकको रुपमा चिन्ने गरिन्छ ।
उनको विचारधारामा आधारित धर्मलाई ताओ धर्म भन्ने गरिन्छ । लाओको अर्थ आदरणीय बुद्ध र सुको अर्थ गुरु भन्ने हुन्छ । एक पटकको कुरो हो । चिनियाँ सम्राटले लाओत्सुलाई त्यहाँको उच्चतम् न्यायालयमा प्रमुख न्यायाधिश बन्न आग्रह गरे ।
लाओत्सुले सम्राटलाई आफू त्यो पदको लागि योग्य नभएको जिकिर गरे र भने, सम्राट, म न्यायालयको त्यो पदलाई उचित व्यक्ति होइन किनभने यहाँ पद्धति नै गलत छ ।
सरकारसँग विनम्र हुनैका लागि मात्र मैले यो कुरा राख्न सकेको थिइन । म अदालतमा पुगेँ भने कि मेरो अस्तित्व रहन सम्भव छ, कि त सरकारको कानून र त्यसै अनुसारको समाज ।
त्यति भन्दा पनि सम्राटले लाओत्सुलाई प्रमुख न्यायाधिश बनाएरै छोडे । अदालतमा पहिलो मुद्दा थियो, राजधानीकै उच्च घराना एवं धनाढ्यको आधा जति धनदौलत एउटा चोरले लुटेको बारे ।
मुद्दा सुनिसकेपछि लाओत्सुले फैसला सुनाएः प्रमाणित भएको उक्त चोर र दौलत चोरी भएको धनाढ्य दुबैलाई ६ महिना कैद सजाय ।
यो कस्तो न्याय हो रु उसलाई चोर प्रमाणित गरेर मलाई समेत ऊ बराबर नै दण्डको भागिदार बनाउने ?
धनाढ्य आक्रोसित भयो ।
त्यसपछि लाओत्सुले भने सजाय त तिमीलाई अझ बढी हुन पर्ने हो जसले यति धेरै धन थुपारेका छौ कि त्यही कारणले यो शहरभरी गरिबी, भोकमरी र अभाव छ ।
यस्तो हुँदा पनि तिमीलाई अझ धन थुपार्न पुगेको छैन । यो सब केका लागि रु तिम्रो यो चरम लालचले नै चोरी भएको छ । मानिसहरु कुकर्म गर्न लागेका छन् । तिमीले प्रेरित गरेको गलत कर्ममा लागेको हुनाले यो चोरलाई सजाय सुनाएको हुँ । वास्तविक कारक अपराधी त तिमी हौ ।
लाओत्सुका उर्जाशील ९ भनाईहरु
१. अनावश्यक कुराहरु सोच्न छोड्यौँ भने तिम्रा धेरै समस्याहरु आफै हल भएर जानेछन् ।
२. सुस्त गोरुभन्दा हिँडिरहेको एउटा कमिलाले धेरै काम गर्न सक्दछ ।
३. जो व्यक्ति प्रेरित हुन्छ त्यो व्यक्ति मर्ने हिम्मत गर्न सक्दछ भने अति उत्प्रेरित हुन्छ त्यो व्यक्ति बाँच्ने हिम्मत गर्दछ ।
४. समय भनेको आफूले सिर्जना गर्ने कुरा हो ।
५. कसैले मसँग समय छैन भन्छ भने त्यसको अर्थ उसले समय निकाल्न चाहँदैन ।
६. मैले गरेको काम देखेर अरुले के भन्छन् भनेर सोच्यौ भने तिमी कैदी जीवन बाँचिरहेका छौ ।
७. जो व्यक्ति अरुलाई जित्दछ उ बलियो बन्दछ तर जो आफूलाई जित्दछ उ शक्तिशाली बन्दछ ।
८. केहि नजान्दा मैले जानेको छु भनेर सोच्नु र देखाउनु रोग हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया