काठमाडौं । फोनपेले राजधानीको चावहिलस्थित् केएल टावरमा दोस्रो मोबाइल बैंकिङ मेला सम्पन्न गरेको छ । डिजिटल वित्तीय सेवामा जडान गर्ने उद्देश्यले फोन पेले मेला आयोजना गरेको हो ।
रोचक खेलहरु र आकर्षक पुरस्कार मेलाका आकर्षण थिए ।
सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइल टप अप जस्ता उपहार जित्न सक्छन् । मेलामा सहभागी सबैजनामध्ये बाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँसमेत जित्न सक्नेछन् । विजेताको नाम भने मेलाको अन्तिममा घोषणा गरिनेछ ।
मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीता जनाइ ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल विजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गरिन् ।
अर्को मोबाईल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।
नेपालको अग्रणी भुक्तानी नेटवर्क फोन पेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेब्रुअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्नेछ ।
यसअघि फोनपेले आइप्लेक्स् मलमा सफलतापूर्वक मोबाईल बैंकिङ मेला आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया