कोरोनाको प्रभाव नेकपामा : कार्यकर्ता प्रशिक्षण र सुखानीमा हुने कार्यक्रम स्थगित

काठमडौं । नेपाल कम्युविष्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय प्रशिक्षण स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा राखेर झापाको सुखानीमा कार्यक्रम समेत स्थगित गरीएको हो ।

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेका अनुसार सरकारले कुनैपनि किसिमको सभा, सम्मेलन तथा भेला नगर्न आग्रह गरेकोले कार्यक्रम स्थगित गरीएको हो । प्रदेश १ स्तरीय भेला झापको विर्तामोडमा हुन लागेको थियो ।

त्यस्तै नेकपाले झापा बिद्रोहका पाँच शहीदको स्मृतिमा सुखानी गर्ने कार्यक्रम पनि स्थगित भएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।  नेकपाले हरेक वर्ष झापा बिद्रोहका शहीदको सम्झनामा फागुन २९ गते सुखानीमा जनसभा लगायतका कार्यक्रम गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रशिक्षण तथा सुखानीको कार्यक्रममा सहभागी हुने घोषणा गरिएको थियो ।

तर, प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि आइतवार त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । प्रचण्ड प्रशिक्षण र सुखानीको कार्यक्रममा आउने भनिएपनि कोरोनाका कारण नेकपा प्रदेश कमिटीले कार्यक्रम स्थगित गरिएको पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?