काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल फागुन २० गते मंगलवार (आज)बाट सकिएको छ । तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोाटा विवादित अडियाे सार्वजनिक भएसँगै राजिनामा दिएपछि खतिवडाले सञ्चार मन्त्रालय तथा प्रवक्ताको रुपमा समेत नियुक्त गरिएको थियो ।
तर अर्थमन्त्री खतिवडा पुन नियुक्त हुनसक्ने बाटो भने रहेको छ । राष्ट्रिय सभाको ४ वर्षे कार्यकाल मंगलवार सकिएसँगै अव राष्ट्रपतिले मनोनित गरेको खण्डमा भने खतिवडा पुनः अर्थमन्त्रलायको जिम्मेवारीमा फर्किनेछन् । तर त्यसको भने अहिलेसम्म टुंगो लागिसकेको छैन् । गत आइतवार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रपति समक्ष सिफारिस गर्ने भनिएपनि त्यसबारे कुनै छलफल नभएको स्रोतले जनाएको छ ।
खतिवडा २०७४ फागुन १४ गते अर्थमन्त्री बनेका थिए । भने फागुन २० गते मात्र राष्ट्रियसभाको सदस्यमा मनोनित गरिएको थियो । यदि मंलगवार राष्ट्रपतिबाट राष्ट्रियसभाको लागि मनोनयन नगरिएमा अर्थमन्त्री खतिवडा कानुनतः नै मन्त्रीबाट विदा हुनेछन् ।
यदि खतिवडा मनोनितमा नपरेमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्नका लागि सचिवालयमा ठुलै छलफल चलेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उनलाई राम्रो समर्थन रहेकाले वामदेव नभइ खतिवडालाई नै मनोनित गर्ने भन्ने धारणापछि नेकपामा विवाद चर्किएको थियो । पार्टीमा विवाद चुलिएका कारण नाम समेत सिफारिस हुन नसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया