आज राष्ट्रियसभाका १९ सांसद घर फर्कँदै (नामसहित)

काठमाडौं । राष्ट्रियसभाका १९ जनाको कार्यकाल आज समाप्त हुँदै छ । दुई बर्षे कार्यकाल सकिएर उनीहरु आजबाट घर फर्कन लागेका हुन् ।

गोलाप्रथाद्वारा तय भएको दुई बर्षे कार्याकाल आज समाप्त भएको हो । उनीहरुले २१ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।

गोलाप्रथाद्वारा कुल ५९ सांसदमध्ये २० जनाको कार्यकाल ६ वर्ष, २० जनाको कार्यकाल ४ वर्ष र १९ जनाको कार्यकाल २ वर्ष तय भएको थियो ।

राष्ट्रिय सभामा अब निर्वाचित हुने सबै सदस्यको कार्यकाल ६ वर्ष नै कायम हुनेछ ।

कार्यकाल सकिन लागेका सांसदहरूले आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा बिदाइ सम्बोधन हुने छ ।

रिक्त्त रहेको उक्त पदकालागि १९ मध्ये १८ सांसद निर्वाचित भइसकेका छन् । उनीहरुको बुधबार सपथ ग्रहणको कार्यत्रम छ ।

आज कार्यकाल सकिनेहरुमा हरिचरण शिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालिबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, सरिता प्रसाई, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रीत पासवान, राजकुमार कुँवर र वृषेशचन्द्र लाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?