दिल्ली हिंसामा ८ राउण्ड गोली हान्ने शाहरुख पक्राउ

काठमाडौं । भारतको उत्तर पूर्वि दिल्लीस्थित बिभिन्न इलाकामा हप्ता दिन अगाडि भएको हिंसामा पुलिसलाई गोली हान्ने शाहरुखलाई मंगलवार यूपीको बरेलीबाट पुलिसले पक्राउ गरेको छ ।

दिल्लीको क्राइम ब्रान्च टीमले शाहरुखलाई बरेलीबाट पक्राउ गरेको हो । अहिले शाहरुखसँग सोधपुछ गर्न थालिएको छ । दिल्ली हिंसा २४ फेब्रुअरीमा नागरिकता बिधेयकलाई लिएर भएको झडपमा रातो शर्ट लगाएका एक व्यक्तिले ८ राउण्ड गोली प्रहार गरेका थिए ।

जसबाट पुलिस हेड कन्सटेवल रतनलालको मृत्यु भएको थियो । पुलिसले उनलाई त्यहि आधारमा पक्राउ गरेर अनुसन्धान थालको हो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?