अर्थमन्त्री खतिवडाको राजिनामा, अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । अर्थमन्त्री एवम सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएका छन् । राष्ट्रिय सभा सदस्यको मंगलवार कार्यकाल सकिएसँगै उनले राजिनामा दिएका हुन् ।

खतिवडाले राजिनामा दिएसंगै उनले सम्हाल्दै आएको दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।

खतिवडाले मंगलबार मुख्य सचिव लोक दर्शन रेग्मीलाई राजिनामा बुझाएका हुन् । साथै राष्ट्रपति कार्यालयले मंगलवार जारी गरिएको विज्ञप्तीमा दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?