काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ । प्रचण्ड निकट स्रोतका अनुसार मौसमी रुघाखोकीका अस्वस्थ भएका हुन् । त्यससँगै पुर्व निधारित विभिन्न भेटघाट तथा कार्यक्रमहरु समेत स्थागित गरिएको स्रोतले जनाएको ।
हाल उनी खुमलटारस्थित निवासमै आरामरत रहेका छन् ।
फागुन २१ गते बुधवार मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना दाहालले गरेका थिए ।
साथै सामान्य रुघाखोकी लागेको र केहिदिनका लागि आराम गर्ने भएकाले सबै पुर्व निधारित कार्यक्रमहरु बन्द गरिएको प्रचण्ड निकट स्रोतले जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया