अर्थमन्त्रीमा पुनः डा. युवराज खतिवडा नियुक्त

काठमाडौं । अर्थमन्त्रीमा पुनः डा युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । साथै हाल प्रधानमन्त्री ओलीले सम्हालेका सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको समेत खतिवडालाई जिम्मा दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै दोस्रो कार्यकालका लागि अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?