पर्याप्त निन्द्रा पुगे मात्र मानिसहरूले सामाजिक तनावको सामना गर्न सक्षम हुने अध्ययनको दाबी

काठमाडौं । टिनेजर्सलाई पर्याप्त मात्रामा मिल्ने निन्द्राले नै उसले सामाजिक तनावहरुलाई एकदमै राम्रोसँग सामना गर्न सक्ने मिशिगन स्टेट युनिभर्सिटी र फोर्डहेम युनिभर्सिटीका शोधकर्ताहरुले दाबी गरेका छन् ।

उनीहरुका अनुसार पर्याप्त निन्द्रा र आनन्दको निन्द्राबाट मात्रै टिनेजर्सले तनावहरुको सामना गर्न सक्ने बताएका हुन् । यसबाट भेदभावको सामना गर्न सक्ने शक्ति पनि मिल्ने उनीहरुले बताएका छन् ।

साथै पर्याप्त निन्द्राले कुनै पनि मुश्किल समस्या आएको बेला सहजै साथीहरुसँग घुलमिल गर्न सक्ने शक्ति मिल्ने पनि अनुसन्धान कर्ताहरुले बताएका छन् ।

मिशिगन युनिभर्सिटीका प्रोफेसर यिजिहे वांगका अनुसार शोधमा हामीले टिनेजर्सलाई सामाजिक चुनौतिहरुको सामना गर्नमा निन्द्राको भूमिकाको बारेमा स्पष्ट भएको हो ।

साथै उनले हाईस्कूल र कलेजमा यसको के समस्या हुन्छ भन्ने बारेमा पनि पत्ता लागेको बताएका छन् । बच्चा तथा वयस्कको तुलनामा हाईस्कूल तथा कलेजका विद्यार्थीहरुमा थोरै निन्द्रा हुने गरेको अध्ययनको निस्कर्ष रहेको छ ।

उनीहरुको बिजी शेड्युल, विहान कलेज, पढाई र बढ्दै गएको उमेरमा तनाव आउनुको प्रमुख कारण भनेकै निन्द्रा कम हुनु रहेको शोध कर्ताहरुको निस्कर्ष छ ।

अध्ययनमा पर्याप्त निन्द्रा पुगेको व्यक्तिले सामाजिक तनाव सहन सक्ने तथ्य बाहिरिएको छ । पर्याप्त निन्द्राले टिनेजर्स मानसिक रुपमा मजबुत हुने गरेको अनुसन्धान कर्ताहरुले बताएका छन् ।

एक टिनेजर्सको साथमा भेदभाव हुँदा उक्त टिनेजर्सले कम निन्द्रा लिएको अध्ययनले बताएको छ ।

शोधमा प्रतिभागीहरुलाई एक्टिग्राफी घडी दुई हप्ता सम्म बाँधिएको थियो । र प्रत्येक एक मिनेटमा उनीहरुको शारीरिक गतिविधिलाई ट्«याक गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?