काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० गते मंगलवार सकिएसँगै अर्थमन्त्रीको कार्यकाल सकिएको थियो । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाकोे विवादित अडियो बाहिरिपछि राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।
उनको कार्यकाल सकिएसँगै अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको थियो । बुधवार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेसँगै उनलाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया