कर तिर्न अटेर गर्ने १३० व्यवसायीलाई ७ दिनभित्र उपस्थित हुन विभागको निर्देशन (विवरणसहित)

काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न ७ व्यवसायिक फर्मलाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । राजस्व चुहावट तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न अटेर गर्ने १३० व्यवसायिक कम्पनीहरुलाई सुचना जारी गर्दै उपस्थित हुन निर्देशन दिएको हो ।

बिहीवार एक सुचना जारी गर्दै विभागले उक्त जानकारी गराएको जनाएको छ । यस अघि पनि विभागले उपस्थितीको लागि घर ठेगानामा पत्राचार गरेको थियो । साथै उनीहरु विभागमा उपस्थित नभएपछि उनीहरुलाई सार्वजनिक सूचना जारी गरि ७ दिन भित्र उपस्थित हुन निर्देशन दिएको हो । विभागका अनुसार देशभरि रहेका ३ सय भन्दा बढि व्यवसायिक फर्म तथा संस्थाहरुको नियमित अनुगमन गरिरहेको छ ।

उक्त अनुसन्धानबाट पछिल्लो डेढ वर्षको समयावधिमा १५ अर्ब भन्दा बढि रकम अन्त शुल्क भ्याट तिर्न अटेर रहेको भन्दै छानविनको लागि उनिहरुलाई उपस्थित हुन सार्वजनिक सूचना गर्नुपरेको जनाएको छ ।

यस्तो छ उपस्थित हुनुपर्ने व्यवसायिक फर्मको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?