काठमाडौं । मानिसहरु भारत बाट लण्डनको लागी फ्लाइटमा केहि घन्टामा पुग्ने गर्छन् । तर एक इन्जिनियरले फरक तरिकाले भारतबाट लण्डन पुगेर चमत्कार नै गरिदिएका छन् ।
उनको नाम नवीन रबेल्ली हो । उनले सौर्य ऊर्जाबाट चल्ने अटोरिक्साबाट १० हजार किलोमिटर का सफल यात्रा गरेका हुन् । उनको उदेश्य एशिया र अन्य युरोपियन देशमा सौर्य ऊर्जाको प्रयोग गरी सवारी साधनको वैकल्पिक परिवहन गरि चेतना फैलाउने हो ।
उनी यो यात्राको लागी टुक टुके बाट निस्किएका थिए । ३५ वर्षका रबेल्ली सोचेको भन्दा पाँच दिन ढिला लण्डन पुगेका थिए । फ्रान्समा शौचालय जादाँ पासर्पोट र पर्स चोरी भएको थियो । त्यसैकारण उनको ५ दिन त्याहा बितेको थियो । उनले आफ्नो सवारी साधनको नाम ‘तेजस’ राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया